कालोपाटीका सेता...
अाकार अाकारका धर्साहरु,
अश्वेत अनि अँध्यारा
ठूला ठूला क्षेत्रफलहरु
सिमांकित सधैं कति गर्दछन्?
फुस् फुस् सेतो धुलो...
ख्याक् ख्याक्...
रोजी रोटीका निम्ति खोकी
र हातका ती
पहेंला पुराना पानाहरु...
हिजो बेलुका,विगतका बुझाइहरु...
जो पुन: लिपिबद्द छन्...
अाजका जोशिला कागजहरुमा...
खै किन सधैं
यस्तो हस्तान्तरण व्यापार...
बस् पढाउनका लागि पढाइ?
खै के अाकृति छ
ती किताब अनि नोटबुकका
रङ्गी चङ्गी अक्षरहरुमा...
जहां अनिश्चयका भुतहरु...
बेला बेलामा
सल्बलाउँदै झस्काउने गर्दछन्?
उफ् यो अालश्यता...
मेरो अनविज्ञताको
यो अोझेलो...
Hovering On Meddle Ground
15 hours ago

8 comments:
राम्रो भाव बोकेको छ कविताले। तर अन्तिमको अंग्रेजीचाहिँ नराखेकै राम्रो।
खासमा म आफैं पनि Pink Floydको die hard fan भएपनि नेपाली कवितामा अंग्रेजी पूच्छर अलिक सुहाएन जस्तो लाग्यो।
nice poem...
i felt we have very difficult education in nepal... but still we need it anyway
words cant describe the beauty of ur poem..still let me drop these words : very realistic n beautiful
खै के अाकृति छ
ती किताब अनि नोटबुकका
रङ्गी चङ्गी अक्षरहरुमा...
जहां अनिश्चयका भुतहरु...
बेला बेलामा
सल्बलाउँदै झस्काउने गर्दछन्?
sarhai ramro lagyo
राम्रो कबिता छ बधाई छ तपाईंलाई \ प्रयास जरी राक्नुस्
I am impressed by your creativity biswas.
सबै कविता हरु मा अनेक अर्थ बोक्ने तपाईको बिचार को गहीराई उदेक लाग्दो छ! लेखाई लाई निरन्तरता दिनुस है!
realistic.,,.,.,and perfect.,,.
thts what bishwas is all about,..,,
Post a Comment