Saturday, February 21, 2009

म निदाउन सकिनँ

हो...
म अब सुतेँ ;
सुत्न पाउनु मेरो अधिकार हो..
मेरो शारीरिक थकानको
अचुक अाराम हो ;
तर...
मेरो सुताइमा
विवेकको शून्यताको
अाभाष छैन ,
चेतनाको विहानमुक्त
अचेतना छैन ,
मात्रै छन् त
बस्
मानसपटलमा...
उज्जवल आतंकको आँधी..
अभिनाषी क्रान्तिको भ्रान्ति..
अनि ती
भोकाकुल...शोकाकुल
मेरा चाहानाहरु
जो यत्र तत्र
भट्की रहेछन्
बस् तिनै
खोक्रा मादकताको
अर्थहीन खोजीमा...
म विवश छु...
लाग्छ
कुनै एक टेन्सनको पोको हो
यो मेरो जिन्दगी..
जो हरेक रात फुस्किएर
टङ्ल्याङ टुङ्ल्याङ गर्दै
पोखिन्छ मेरो टुसे निद्रामा !
साँचै ..म त
मात्रै पल्टिरहेछु
अभिनव स्वप्नको अभावमा..
अनुपम सुवासको
कल्पनाकृत प्यासमा..
र म
निदाउन सकिनँ ।

4 comments:

Anonymous said...

कबिता राम्रो लाग्यो... तर आफ्नो जीवन पनि कबिता झै निरास चाहीं नबनाऊँ है साथी

paristhiti said...

सुझावका लागि धन्यवाद मिलन

Anonymous said...

....need to visit a doc...

I**U Sharma said...

Biswas its very good..it happens to many peoples not only u but only difference is u express in poem others will keep in their brain and forget ven they wake up next day.