Monday, October 20, 2008

म र मेरो पंखा

विहान घाम उदायो...
ब्युँझेँ...
अनि मैले सम्झेँ
अाफुलाई....मेरा वास्तविकताहरु...
तर
ब्युँझिएको रहेनछु...
ब्युँझाइएको रहेछु..
पहिलो लेक्चर सुन्नुपर्ने
वाध्यताद्वारा...
विरोध गर्न सक्दिन।
यता उता
धमिला भित्ताहरु...
माथि
पंखा घुमिरहेछ...
यो सधैँ घुमिरहन्छ..
सुसेली रहन्छ..
त्यो सानो सानो
हुरीको धुन,
जसमा के ...?
माया ...पीडा... रोदन
बुझ्ने चेष्टा गर्दिन..
किनकि यो मेरो अनविज्ञता
मेरो शक्ति हो...
मेरो गर्मीको शीतलता हो...
मेरा अधिनायकवादी औँलाहरु
उसको रेगुलेटरका
चालक हुन्...
मेरो दास हो,

मेरै अधिनायकवादी परिस्थितिहरुको
एक विवश गुलाम हुँ।

3 comments:

Barsha Paudel said...

malai pani mero pankha ko yaad aayo,tara malai chai timlai jasto mero pankha le suseleko jasto lagthena...another great post biswas..timi ra timra kabita

sushil said...

great composition biswas. waiting for ur next poem....

MrRDX said...

hey man..it made an interesting reading.. very very impressive.. keep on wrriting...