अदृश्य क्षितिजसामु
कोही उभिएर
अनन्त आकाशको संकुचन
च्यातिएरहेछ अनि
केही खाेजिरहेछ
त्याे निलाे गहिराइमा ..
त्याे अपार साँधहीनताबीच,
जहाँ स्वयम् ऊ बिलाइरहेछ ..
जहाँ सबै हराइरहेछन्
र जहाँ
हराउनु बाध्यता हो |
र ..त्यहाँ कोही
केही गुंजन
पछ्याइरहेछ
अनि मागिरहेछ
त्यो निर्वाध स्वतन्त्र उडान
जसलाई हुरीको वेग स्वीकार्य छ...
जसमा चट्याङ्गका हरेक गर्जन
पाखा पाखामा रेटिने
सारंगीका अाँसु बन्छन्
र ती अल्प पलका
उज्यालाहरू...क्षणिक झल्काहरू
कालरात्रिमा
त्यो अनिश्चित मार्गका
आसपासमा
बल्ने बत्तीहरू हुन् |
मुलायम बादालू स्पर्शबीच
त्यो सफर एक भ्रम हो ;
अवादलहरुबीच त्यो
एक क्रान्ति हो ...
जसमा सबै छन्
र कैयाैँ त्रसित छन्
जो कल्पिरहेछन्
माेडपारिका अनिश्चयहरु
जो साेचिरहेछन्
हाेडभित्रका परिचयहरु...
लक्ष्यको अर्थहीनतामा
उम्लिएका क्रोधहरू
क्लेष पाेतिएकाे
त्यो सजीव चित्रका
अवान्छित् टाटा हुन् |
तर कोही ..
चित्रभित्र आकाशमा ..
त्यो सपनीको अमुर्ततामा ..
आफैँलाई खाेजिरहेछ ,
बाँच्नुकाे अर्थ काेट्याइरहेछ|
Saturday, August 9, 2008
Subscribe to:
Post Comments (Atom)
3 comments:
dherai ramro
keep up the good work
pachi gayera kitab publish garnu parhca hai
Hi Biswas,
another great poem there.
But keep posting. Also because your blog is now on my blogroll. See http://bibekpaudel.wordpress.com/
:)
Cheers !
yo pani daami lekho cha.. tara alik infrequent bhaye jasto lagyo..i mena mahina ma euta matrai?? timi sanga pahile lekheko haru pani chan hola ni hoina.. u may put them here to make ur updates bit more frequent..
i am sure more and more people will become ur fan with that....
Post a Comment