आँफैभित्रका चर्का
कल्याङ् मल्याङ् सुन्दा सुन्दा
मेरा मश्तिष्कका तन्तु
सबै गलिसक्दा,
स्वार्थका गन्धहरु
पछ्याउँदा पछ्याउँदा
लाल मेरा आँखा
त्यसै थाकिसक्दा ...
आनन्दको तिर्खा व्याप्त हुन्छ ।
भो! भएन!
अब मेरा भगवान देख्नु पर्यो
मेरा देउता सुन्नु पर्यो
भन्दै एक टक
अचल भइ
टक्क कुर्सीमा अडिन्छु
अनि टेबुलको फुस्रो धुलोमाझ
जेलिएका चिल्ला धर्साहरु
पछ्याउँछु जहाँ
एक एब्स्ट्रयाक्ट चित्र बन्छ
एक विचित्र आकृति कोरिन्छ...
र उता
घडीको टिक् टिक्, टिनिनि घण्टी बज्छ
कम्प्युटरको स्वाँ, कर्णप्रिय मन्त्र जप्छ
म पाउ पर्छु, प्रणाम गर्छु
मैले अनुभव गरेको मेरा ती ईश्वरलाई
अनि चेष्टा गर्छु
कि म भोलि फेरि
मन्दिरभित्रको त्यो ढुङ्गोमा
मेरा देउता अर्थ्याउनेछु
सल्लाघारीको कुनै एक बोटको
आउँदो सालको लालीगुराँस
अर्पण गर्दै
मनको शान्ति, मेरो स्वार्थ
ग्रहण गर्नेछु ।
Tuesday, November 23, 2010
Thursday, October 14, 2010
ऊ विक्रीमा छ
सहरमा घाम डुबेपछि,
मसानघाटमा कन्दमुल
खोस्रिँदा खोस्रिँदा थाकेपछि,
वागमतीमा बगेको क्लेश
अनि आफ्नो अनकण्टार देश
मनमा सजाउँदै
ऊ आफ्नो वरपर
सल्किन आँटेका
रहरका उज्याला विन्दुहरुमाझ
दुई-चार तिर्खाका धागा गाँसेर
भरेको स्वप्न कंकाल
बुन्न थाल्छ,
अनि त्यसै टोलाउँछ...
कुनै दिन तिनै झिलिमिलिहरु
उसले उडेर छुन खोजेका
चन्द्र र तारा हुने गर्दथे।
कति सटिक थियो
उसको त्यो सोचाइको यात्रा।
उसका रसीला, मीठा
ती विगतका सपनाहरु...
तर खै के भयो...
उसले गर्न सकेन,
वा त्यो रुखो सहरले
उसलाई गर्न दिएन,
वा उसको दरिद्र भाग्यमा नै
त्यो थिएन...
उत्तरका प्रस्फुटनहरु
मैलो हातको
चाम्रो, बासी पाउरोटी चुँड्दै
ऊ निख्लै निलिदिन्छ,
अनि ऊ यसो सम्झन्छ
आफ्नो भोलिको मोल मोलाई
किनकि ऊ विक्रीमा छ ।
ऊ केहि हलुङ्गा नोटहरुमा
विक्री हुन सक्ने रापिलो ऊर्जा हो
जो केहि शिशा फोरेकै भरमा
त्यो सहरको नक्सा बदल्न सक्छ ।
जो केहि टायर बालेकै भरमा
त्यो सहरको दम्भ गलाउन सक्छ ।
Wednesday, May 5, 2010
बलेँसी सोसिरहेछ
आकाशमा केहि गड्याङ् गुडुङ्
मन्द, शीतल हावा;
बलेँसीमा मधुर ध्वनिसंगै
विलिन पहिला केहि थोपा..
काठमा ठोकिएका, फैलिएका
अनि सोसिएका
शहादतप्राप्त प्रथम ती छिटा;
र बल्ल हुने ओसिलो छानो
र सुरु हुने त्यो तप्काइ..
त्वाप् त्वाप्..
धुले माटोमा
फुस् फुस् धुलो उडाउँदै ।
बलेँसी, धर्ती, भेल
खहरे, नदी अनि समुद्र ..
बाटो, यात्रा बगाइको ..
लामो, कठिन र थकाइको..
यता
थोपा वर्षिरहेछन् ..
बलेँसी अझै सोसिरहेछ ,
तातो छानो भिजिरहेछ ।
मन्द, शीतल हावा;
बलेँसीमा मधुर ध्वनिसंगै
विलिन पहिला केहि थोपा..
काठमा ठोकिएका, फैलिएका
अनि सोसिएका
शहादतप्राप्त प्रथम ती छिटा;
र बल्ल हुने ओसिलो छानो
र सुरु हुने त्यो तप्काइ..
त्वाप् त्वाप्..
धुले माटोमा
फुस् फुस् धुलो उडाउँदै ।
बलेँसी, धर्ती, भेल
खहरे, नदी अनि समुद्र ..
बाटो, यात्रा बगाइको ..
लामो, कठिन र थकाइको..
यता
थोपा वर्षिरहेछन् ..
बलेँसी अझै सोसिरहेछ ,
तातो छानो भिजिरहेछ ।
Monday, January 4, 2010
बदलिएको यात्रा
आज यात्रा अयात्रीमा
नयाँ यात्रा
तय गरिरहेछ...
कोशेढुङ्गा र साँधहरुलाई ठेल्दै
उसको गन्तव्य
ऊतर्फ हानिरहेछ...
सडक सरिरहेछ, बाटो बगिरहेछ
मोडहरु स्वतः बाङ्गिरहेछन् ...
कान्ला, खोपिल्टाका
सुनसान बस्तीहरु
शीशामा आइरहेछन् .. गइरहेछन्।
आकाशमा पिल्पिल्याउने धुलाहरु
धर्तीका एक आध ताराहरु
छमछम नाचेका ती
छद्मवेशी छविहरु ...
मनमोहकता छर्किरहेछन् ।
कुर्सीमा, उसको अनिश्चित स्थीरता
घुम्तीमा यता उता ढल्किरहेछ ।
कसरतरहित आनन्द ...
यो उन्मुक्त यथार्थ
उसको बनावटी वास्तविकतालाई
त्यो भ्रामक पर्दाबाट खुर्किरहेछ ...
कोत्रिरहेछ
तार, तरङ्ग र जालमा
बुनिएको उसको जाली संसार ।
पुरानो कैदी कुर्सीदेखिको
यो नौलो स्वतन्त्रता...
परिवर्तित पर्दा ...
अनि अयात्रीमा हिँडिरहेको
उसको बदलिएको यात्रा ।।
नयाँ यात्रा
तय गरिरहेछ...
कोशेढुङ्गा र साँधहरुलाई ठेल्दै
उसको गन्तव्य
ऊतर्फ हानिरहेछ...
सडक सरिरहेछ, बाटो बगिरहेछ
मोडहरु स्वतः बाङ्गिरहेछन् ...
कान्ला, खोपिल्टाका
सुनसान बस्तीहरु
शीशामा आइरहेछन् .. गइरहेछन्।
आकाशमा पिल्पिल्याउने धुलाहरु
धर्तीका एक आध ताराहरु
छमछम नाचेका ती
छद्मवेशी छविहरु ...
मनमोहकता छर्किरहेछन् ।
कुर्सीमा, उसको अनिश्चित स्थीरता
घुम्तीमा यता उता ढल्किरहेछ ।
कसरतरहित आनन्द ...
यो उन्मुक्त यथार्थ
उसको बनावटी वास्तविकतालाई
त्यो भ्रामक पर्दाबाट खुर्किरहेछ ...
कोत्रिरहेछ
तार, तरङ्ग र जालमा
बुनिएको उसको जाली संसार ।
पुरानो कैदी कुर्सीदेखिको
यो नौलो स्वतन्त्रता...
परिवर्तित पर्दा ...
अनि अयात्रीमा हिँडिरहेको
उसको बदलिएको यात्रा ।।
Subscribe to:
Posts (Atom)