विहान घाम उदायो...
र म ब्युँझेँ...
अनि मैले सम्झेँ
अाफुलाई....मेरा वास्तविकताहरु...
तर
म ब्युँझिएको रहेनछु...
ब्युँझाइएको रहेछु..
पहिलो लेक्चर सुन्नुपर्ने
वाध्यताद्वारा...
र म विरोध गर्न सक्दिन।
यता उता
धमिला भित्ताहरु...
माथि
पंखा घुमिरहेछ...
यो त सधैँ घुमिरहन्छ..
सुसेली रहन्छ..
त्यो सानो सानो
हुरीको धुन,
जसमा के छ ...?
माया ...पीडा... रोदन
बुझ्ने चेष्टा म गर्दिन..
किनकि यो मेरो अनविज्ञता
मेरो शक्ति हो...
मेरो गर्मीको शीतलता हो...
मेरा अधिनायकवादी औँलाहरु
उसको रेगुलेटरका
चालक हुन्...
ऊ मेरो दास हो,
र म
मेरै अधिनायकवादी परिस्थितिहरुको
एक विवश गुलाम हुँ।
Monday, October 20, 2008
Subscribe to:
Posts (Atom)