Monday, July 7, 2014

कहिलेकाहीँ दैनिकीमा ease छैन

Sandwich खाउँ भनेर फ्रीज खोल्यो
त्यहाँ खोजेको चीज छैन।
साइकल चढेर क्याम्पस जाउँ भन्यो
च्याँ..च्याँ...चेनमा ग्रीज छैन।।

कालो महङ्गो जिन्स, cold-handwash
डिटर्जेन्ट पानीमा घोल्यो, फिँज छैन।
Teaching Assistant, फर्मल लवाइको पाइन्ट
मुजै मुजा, कुनै सिधा क्रिज छैन।।

पार्किङ्ग लटमा गाडी, फ्लोरिडाको गर्मी
छायाँ दिने कुनै trees छैन।
सपनीमा पोखरामा साइकल यात्रा
फिर्के खोला पुग्यो, कुनै bridge छैन।।

हरेक पल, युद्ध, बिस्फोट ... मृत्युसँग जुध्न विवश
मेरै छिमेकीतर्फ आँखा चिम्लिदियो...
मेरा यस्तै, यिनै फिस्टा झमेला देख्यो...
(निर्लज्ज भन्यो) कहिलेकाहीँ दैनिकीमा ease छैन।।