Wednesday, May 5, 2010

बलेँसी सोसिरहेछ

आकाशमा केहि गड्याङ् गुडुङ्
मन्द, शीतल हावा;
बलेँसीमा मधुर ध्वनिसंगै
विलिन पहिला केहि थोपा..
काठमा ठोकिएका, फैलिएका
अनि सोसिएका
शहादतप्राप्त प्रथम ती छिटा;
र बल्ल हुने ओसिलो छानो
र सुरु हुने त्यो तप्काइ..
त्वाप् त्वाप्..
धुले माटोमा
फुस् फुस् धुलो उडाउँदै ।
बलेँसी, धर्ती, भेल
खहरे, नदी अनि समुद्र ..
बाटो, यात्रा बगाइको ..
लामो, कठिन र थकाइको..
यता
थोपा वर्षिरहेछन् ..
बलेँसी अझै सोसिरहेछ ,
तातो छानो भिजिरहेछ ।