Wednesday, July 23, 2008

चर्चित कथाहरु

ती सबै
अाजका चर्चित कथा हुन् |
ती कथा हुन्
किनकि तिनमा
पात्रहरुको ब्यथा छ ...
पात्रहरुको आहुति छ !
तिनमा परिस्थिति
अनि समयका चोटहरु छन् |
तिनै कथामा
शाेषक समाजका
स्वार्थी
प्रष्फुटनहरु छन् ...
जसका बिष्फोटसंगै
ती एकल चरित्रहरुका
आशा,अाकांक्षा र सपनाहरू
क्षतविक्षत छन् ...
यस्त‍ैै मार्मिक पीडाहरूमा
बनेका छन् ती
‌‌‍‍चर्चित कथाहरु ;
तिनै
चर्चित कथाहरुमा
बगिरहेछन् यी
मार्मिक पीडाहरू ;
म यस्त‍ैै कुनै
कथा बन्न चाहान्न !
म तिनै दुःखमा जिउन चाहान्न !!